दफा ८७
बन्द सवाल
(१) मुद्दाको पुर्पक्षको सिलसिलामा कुनै साक्षीलाई सैनिक अदालतम उपस्थित गराई बकाउँदा मुद्दाको कारबाहीमा अनावश्यक ढिलाइ, खर्च वा असुविधा हुने लागेमा सैनिक अदालतले त्यस्तो साक्षीलाई वन्द सवालद्वारा बुझ्न प्राड विवाकलाई आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम आदेश भएपछि प्राड विवाकले साक्षीको नाउँमा बन्द सवाल तामेल गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्न सक्नेछ र त्यस्तो अनुरोध भएमा प्रमुख जिल्ला अधिकारीले प्रचलित कानुन वमोजिम वन्द सवाल तामेलगराइदिनु पर्नेछ ।
(३) अभियुक्त वा निजको कानुन व्यवसायीले उठाउन चाहेको प्रश्नमध्ये मुद्दासँग सम्बद्ध प्रश्नलाई सैनिक अदालतले बन्द सवालमा उल्लेख गर्नु पर्नेछ ।
(४) अभियुक्तको कानुन व्यवसायी वा वारेस वा अभियुक्त हिरासतमा नरहेको भए निज आफैले प्रमुख जिल्ला अधिकारी समक्ष उपस्थित भई साक्षीसँग जिरह गर्न सक्नेछ ।
(५) प्रमुख जिल्ला अधिकारीले बन्द सवाल बमोजिम बयान लिने काम समाप्त भएपछि वन्द सवाल प्राड विवाकमा पठाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिम प्राप्त वन्द सवाल प्राड विवाकले सम्बन्धित सैनिक अदालतमा पठाइदिनेछ । सैनिक अदालत विघटन भएको अवस्थामा त्यस्तो मुद्दा पुर्पक्ष गर्ने अन्य अदालतमा पठाइदिनु पर्नेछ । प्राप्त वन्द सवाल सैनिक वा अन्य अदालतले मिसिल संलग्न गर्नेछ र त्यस्तो वन्दसवाल कानुन व्यवसायी वा अभियुक्तले चाहेमा हेर्न
पाउनेछन्।
(७) वन्द सवाल तामेल भई आउन लाग्ने मनासिब माफिकको समयसम्मको लागि सैनिक अदालतले मुद्दाको पुर्पक्ष स्थगन गर्न सक्नेछ ।